१३ फाल्गुन २०७७, बिहीबार
  • तारा आचार्य,

विराटनगर, १३ फागुन । औषधि ब्यवस्था विभाग कार्यालय, विराटनगरका मेडकल सुपर भाइजर घुससहित रंगेहात पक्राउ परेका छन् ।

विहीबार (आज) अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रदेशको कार्यालय इटहरीले मेडिकल सुपर भाइजर सरोज सुवेदीलाई दुई लाख घुससहित रंगेहात पक्राउ परेको हो ।

अख्तियारले सुवेदीलाई विराटनगरस्थित दूधफारम अगाडिको भट्टराई होटलमा सेवाग्राहीसँग घुस लिदालिदै रङ्गेहात पक्राउ गरेको हो ।

बन्द भएको फार्मेसी सञ्चालनको अनुमति दिने नाममा सुवेदीले घुस लिएको अख्तियारको टोलीले जनाकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV