१३ फाल्गुन २०७७, बिहीबार

काठमाडौं, १३ फागुन ।

‘‘एकदिनको कुरा हो, त्यो २०७६ साल कात्तिक २० गते राति १ बजेको थियो । मेरो मनमा एउटा प्रश्न उठेको थियो, यो व्यस्त जीवन र उहिलेको जेल जीवनमा के भिन्नता छ ?

मानिस आधारभूत सुविधाहरू पूर्ण भएर पनि आखिर आफ्ना लागि बाँचेको छैन भने उसले के कुरामा मन अड्याइरहेको हुन्छ ?

बेलाबेला मेरा मनमा उठ्ने यस्ता प्रश्नका जवाफ उहाँसँग संवाद नगरी हमेसा आफ्नै मनोवादबाट पूर्ति गर्थें म । त्यसमा प्रश्न पनि मेरै हुन्थे र जवाफ पनि मै दिन्थेँ ।’’

माथिको वाक्यांश प्रथम महिला एवं प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्यद्वारा लिखित ‘मेरा अनुभूतिहरु’ पुस्तकमा समावेश गरिएको छ ।

शाक्यद्वारा लिखित यस पुस्तक गत मंगलबार बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीको ७० ओैं जन्मदिनको अवसरमा विमोचन गरिएको हो ।

उक्त विमोचन कार्यक्रममा सांस्कृतिक प्रस्तुति र शुभेच्छुक एवं नेता कार्यकर्ताहरूको शुभकामना व्यक्त गरेका थिए । शाक्यले उक्त पुस्तकमार्फत् आफ्नो ओलीसँगको बैबाहिक जीवन र अनुभूतिहरुलाई प्रस्तुत गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV