१३ फाल्गुन २०७७, बिहीबार

एजेन्सी, १३ फागुन । श्रीलङ्काका कारागारमा २६ जना नेपाली महिला रहेको जनाइएको छ ।उनीहरु विगत १० महिनादेखि श्रीलङ्काका कारागारमा रहेको श्रीलङ्कास्थित नेपाली दूतावासले जनाएको छ। उनीहरु तत्काल छुट्ने सम्भावना नरहेको बताइएको छ । ती महिलाहरु विभिन्न मुलुक जाने क्रममा ट्रान्जिटका रूपमा श्रीलङ्काको बाटो प्रयोग गरेकाले श्रीलङ्का प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

बीबीसीका अनुसार श्रीलङ्काली नागरिकले ती महिलालाई विभिन्न खाडी मुलुक लैजानका लागि एजेन्टको रूपमा काम गर्ने श्रीलङ्काली नागरिकलाई त्यहाँको प्रहरीले अदालतमा मुद्दा दायर गरेपछि प्रमाणका लागि नेपाली महिलालाई त्यहाँ राखिएको छ ।

नेपाली दूतावासले श्रीलङ्का सरकारसँग समन्वय गरिरहेको र अदालतले रिहा गर्ने आदेश नगरिन्जेल उनीहरूलाई छुटाउने सम्भावना न्यून रहेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV