१३ फाल्गुन २०७७, बिहीबार

एजेन्सी, १३ फागुन । ताजा पानीमा हुने माछा लोप हुने खतरा रहेको एउटा वैज्ञानिक प्रतिवेदनले देखाएको छ ।प्रतिवेदनले ताजा पानीमा हुने माछाको सङ्ख्यामा ‘विनाशकारी’ गिरावट आउन सक्ने चेतावनी दिएको छ। लगभग एकतिहाइ माछा लोप हुने खतरा रहेको उक्त प्रतिवेदनले जनाएको छ ।

संरक्षण समूहहरूका अनुसार ८० प्रजातिका माछा लोप भएका छन्। तीमध्ये १६ प्रजाति पोहोर एक वर्षमै मासिएको बीबीसीमा उल्लेख छ ।

प्रदूषण, जथाभावी रूपमा माछा मार्ने चलन र नदीहरूमा बाँध बनाउने तथा पानी तान्ने कार्यबाट यस्ता माछाको सङ्ख्यामा कमी आएको जनाइएको छ।

उक्त प्रतिवेदनका अनुसार विगत ५० वर्षमा बसाइँ सर्ने प्रकृतिका माछाको सङ्ख्या तीनचौथाइले घटेको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV