१३ फाल्गुन २०७७, बिहीबार

काठमाडौं, १३ फागुन । विशाल र विकास परियार दाजुभाइ झण्डै १२ वर्षअघि घर छोडेर हराएकी आमाको खोजी गरिरहेका छन् । आमा दुर्गा (एस्टर) गिरीले परियार थरका पुरषसँग अन्तरजातिय विवाह गरेकी थिइन् ।

जातिय विभेदलाई अँगाल्ने परम्परागत समाजको कुरितीलाई चुनौती दिँदै विवाह सम्बन्धमा बाधिएका परियार दम्पतीको सम्बन्ध लामो समय राम्रै चल्यो । अन्तरजातिय विवाह गरेका परियार दम्पती काठमाडौंमा बस्दै आएका थिए ।

तर, सम्बन्धन हो, कहिले जोडिने कहिले तोडिने, बिशालका वुवा र आमाबीच सानोतिनो झगडा र मनमुटाव हुन थाल्यो । विवाह भएको करिब ७ वर्षसम्म काठमाडौंमा बस्दै आएका उनीहरुले बिसाल र विकासलाई जन्म दिए ।

काठमाडौंमा ७ वर्ष बसेपछि उनीहरु दुवै छोरोसहित धादिङ गए । त्यहाँ उनीहरुको घरजग्गा थियो । धादिङमा बस्दै जादा बुवा आमाबीच झगडा बढ्दै गएको र एक दिन आमाले घर नै छोडेको बिसाल बताउँछन् ।

बाल्यकालमै आमाबाट बिछोडिएका बिसाल अहिले उमेर २० वर्ष पुगिसकेका छन् । उनका भाइ विकासले एसईई उतिर्ण गरिसकेका छन् । आमाले बुवासँगको झगडाका कारण घर नै छोड्नि । तर, घर छोड्ने बेला मेरा छोराहरु ठूलो भएपछि मलाइ खोज्नेछन् भनेको बिसाल बताउँछन् । अन्तरजातिय विवाह भएपनि पछि गएर मामाघर पट्टीकोले पनि स्विकारेको बिसाल बताउँछन् ।

हाल विशाल काठमाडौंमा बीएचएम पडेर होटेलाइनतिर काम गर्छन् । उनका वुवा धादिङ मै छन्, भने भाइपनि बिसालसँगै बस्छन् । विशाल काममा व्यस्त भएपनि भाइले आमा खोज्न ठूलो कर गरेपछि अहिले दुवै दाजुभाइ आमाको खोजिमा छन् । काठमाडौंमै आमा रहेको कुरा सुनेपछि उनीहरु झनै आसमा छन् ।

जिवनमा आमाको महत्व कति हुन्छ भन्ने कुरा सबैले थाहा पाएकै हुन्छन् । अहिले बिसाल र विकाससँगै उनका वुवाले पनि आमाको खोजी गरिरहेका छन् ।

तर, उनीहरु कसले सम्पर्क गर्ने कहाँ खोज्न जाने भनेरै अन्योलमा छन् । काठमाडौंमै आमा भएको खबर सुनेपछि उनीहरुले भेट्ने, देख्ने र चिन्नेहरुलाई आफुलाई सम्पर्क गर्न आग्रह गरेका छन् । उनले आमालाई भेटेका एवं देखे चिनेकाहरुले सम्पर्क गर्न +9779813835989 मोबाइल नम्बर छोडेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV