१२ फाल्गुन २०७७, बुधबार
  • तारा आचार्य,

विराटनगर, १२ फागुन । सर्वोच्च अदालतले गरेको फैसलालाई स्वागत गर्दै विराटनगरमा नेकपा दाहाल–नेपाल समूह मोरङ र महानगर कमिटीले विजय जुलुस निकालेका छन् ।

बुधवार प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै विराटनगरमा विजय जुलुस निकालिएको हो ।

विराटनगरस्थित तीनपैनी चोकदेखि निकालिएको जुलुसले नगरको विभिन्न भागको परिक्रमा पछि ट्रफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

विजय जुलुसमा सहभागीहरुले सर्वोच्च अदालत हाई हाई केपी ओली वाई–वाई, जस्ता नारा लगाएका थिए । उनीहरुले सर्वोच्च अदालतले गरेको निर्णयलाई स्वागतयोग्य र ऐतिहासिक रहेको भन्दै नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV