१२ फाल्गुन २०७७, बुधबार
  • रामगोपाल तमखु

भक्तपुर, १२ फागुन । पायोनियर मोटो कर्प प्रालिले निशानको नयाँ एसयूभी गाडी ‘निशान म्यागनाइट’ सार्वजनिक गरेको छ । नेपालमा निशान गाडीको आधिकारी वितरक तथा बजार व्यवस्थापक कम्पनी पायोनियर मोटो कर्पले निशानको नयाँ एसयुभी गाडी निशान म्यागनाइट सार्वजनिक गरेको हो ।

कम्पनीले हालै उत्पादन गरेको सुविधा सम्पन्न सो गाडी यही फागुन ११ गते मंगलवार भक्तपुरको सल्लाघारी स्थित परिवार अटोमोबाईलमा कम्पनीका आधिकारीक डिलर सुनील केडियाले एक कार्यक्रमका बिच सार्वजनिक गर्नु भएको हो ।

पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सुदीपकुमार सारदाले निशानको नयाँ गाडीले नेपाली बजार र ग्राहकप्रतिको प्रतिवद्धतालाई कायम राख्ने दाबी गर्नुभयो । उहाँले नयाँ सुविधा सहितको गाडी खरिदमा ग्राहकले विभिन्न अफर पनि पाउने जानकारी दिनुभयो ।.

प्रतिक्रिया दिनुहोस्

LIVE TV