१२ फाल्गुन २०७७, बुधबार

एजेन्सी, १२ फागुन । अस्ट्रेलियामा १७,३०० वर्ष पुरानो कङ्गारूको चित्रकला फेला परेको छ ।उक्त चित्रकला अस्ट्रेलियाका वैज्ञानिकहरूले चट्टानमा बनाएका थिए । चट्टानयुक्त एउटा आश्रयस्थलको छानामा बनाइएको दुई मिटर लामो चित्रकला फेला परेको बीबीसीले जनाएको छ ।

वेस्टर्न अस्ट्रेलियाको किम्बर्ली क्षेत्रमा उक्त चित्रकला भेटिएको जनाइएको छ । उक्त क्षेत्र आदिवासीहरूले चट्टानमा बनाउने चित्रकलाका लागि प्रसिद्ध छ।

नेचर ह्यूमन बिहेभिअर नामक जर्नलमा मङ्गलवार त्यससम्बन्धी अध्ययनको नतिजा प्रकाशन गरिएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV