१२ फाल्गुन २०७७, बुधबार

काठमाडौं, १२ फागुन । वरिष्ठ अधिवक्ता शम्भू थापाले राजनीतिक दलहरुले चाहेमा प्रधानमन्त्रीलाई कारवाही गर्न सक्ने बताउनुभएको छ ।

बुधबार काठमाडौंमा आयोजित साक्षात्कारमा उहाँले संसद बिघटन गरेर प्रधानमन्त्रीले गम्भीर गल्ती गरेको प्रमाणित भइसकेकाले प्रधानमन्त्रीलाई कारवाही गर्ने सम्बन्धी अधिकार संविधानमा व्यवस्था भएको बताउनुभयो ।

थापाले सर्वोच्चको फैसलाले एउटा नजिर स्थापना गरेको भन्दै अब भविष्यमा कुनै पनि प्रधानमन्त्रीले यस्तो कदम चाल्न नसक्ने तर्क गर्नुभयो । कसैको चाहनामा संसदलाई मार्न नसक्ने सर्वोच्चको फैसलामा उल्लेख गरेको उहाँको भनाई छ ।

उहाँले आफैले बिघटन गरेको संसद पुनसर््थापना भएको अवस्थामा प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने जिकिर गर्नुभयो । थापाले राष्ट्रपतिले समेत संविधानको मान राख्न नसकेको धारणा राख्नुभयो ।

त्यस्तै उहाँले प्रधानमन्त्रीले आफ्नो पद लम्ब्याउनका लागि नै संसद बिघटन गरेको बताउनुभयो । उहाँले सर्वोच्चको फैसलाले संविधानवादको रक्षा गरेको धारणा पनि राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV