१२ फाल्गुन २०७७, बुधबार

भक्तपुर, १२ फागुन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले ‘राजीनामा दे’ भन्दैमा प्रधानमन्त्रीले राजीनामा नदिने स्पष्ट पार्नुभएको छ ।

पछिल्लो राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै मन्त्री श्रेष्ठले यो अवस्थामा प्रधानमन्त्री ओलीले कुनैपनि हालतमा राजीनामा नदिने दोहो¥याउनुभयो ।

उहाले भन्नुभयो, ‘राजीनामा दिने हामी कायर हो, कुनैपनि हालतमा राजीनामा आउदैन । प्रधानमन्त्रीले अविश्वासको प्रस्ताव फेस गर्नुहुन्छ । संसद सूचारु भएपछि प्रक्रियामा जाने र सोही आधारमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओलीले फेस गर्ने बताउनुभयो ।

भन्नुभयो, ‘अदालतले गरेको निर्णयलाई हामीले सम्मान गर्छौै तर यो निर्णयले झन् विवाद बढाएको छ’ सीटीईभीटीको ३३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘हामी जनताबाट आएका हौं । जनताले नै अहिलेको संकटकालीन अवस्थाको मुल्याङकन गर्नेछन् ।’

‘संसद पुनस्थापना भएलगत्तै केही नेताले केहीलाई प्रधानमन्त्रीको सपना बाँडेको उल्लेख गर्दै सपना बाड्दैमा कोहीपनि प्रधानमन्त्री हुन नसक्ने स्पष्ट पार्नुभयो । अबको प्रधानमन्त्री पनि केपी ओलीनै हो, उहाले नै निर्वाचन गराउनुहन्छ’ उहाले भन्नुभयो ।

हामीले १३ गते फैसला आउने अपेक्षा गरेका थियौ, प्रधानमन्त्रीले जन्मदिन मनाइरहेको बेला एकाएक फैसला सुनाउदा गलत भएको छ । अदालतको फैसलापछिको विष्लेषण गर्दै उहाले भन्नुभयो, ‘अब सबै खेल मैदानबाट छिनोफानो हुनेछ ।

अदालतको फैसलाबाट राजनीतिक मैदान खुला भएको छ । हामी मैदानमा उत्रिएका छौ, खेल खेल्ने तयारीमा छौ, हामीले गोल गरेरै देखाउछौ ।

हामीसंग नेपालको राजनीतिमा पेले छन्,रोनाल्डो छ, म्यारोडोना र मेसी हामीसंगै छ त्यसैले हामीलाई कुनै समस्या छैन । जस्तोसुकै परिस्थिति आएपनि राजनीति मैदान छाड्नेवाला छैनौ । हाम्रै जित सुनिश्चित हुनेछ । जनता हाम्रो साथमा छन् जनताको फैसला स्वीकार गनैछौ ।

नैतिकताको आधारमा मन्त्रीले राजीनामा दिनुपर्छ भन्दै फेसबुकमा स्टाटस लेख्ने र सडकमा कुर्लिनेहरुलाई सरकारको तर्फबाट मेरो यो जवाफ छ कि सक्छौ भने अविश्वासको प्रस्ताव ल्याएर हटाएर देखाउ ।

सुन हो कि पित्तल, हिरा हो कि शिसा भनि नक्कली र सक्कली भनी छुट्टयाउन सक्ने क्षमता जनतामा भएको बताउदै अहिले आन्दोलन गरेर हिड्ने गुट नक्कली भएको टिप्पणी गर्नुभयो ।
भन्नुभयो–काग भएर मयुरको प्वाख राखेर कराउदै हिडेका छन् । जनताले असली मयुर चिनेर प्वाख हाल्ले मयुररुपी काग बन्नेलाई धिक्कार गर्नेछन् ।

उहाँले मुलुक राजनीतिक संकटतर्फ धकेलिएको संकेत गर्दै यस्लाई रोक्ने काम ओली सरकारको भएको चर्चा गर्नुभयो । भन्नुभयो, ‘यो अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई साक्षी राखेर समस्या समाधान गर्नुहुन्छ ।

संसद पुनःस्थापना भएपछि सरकारको तर्फबाट पहिलो धारणा राख्नुभएका मन्त्री श्रेष्ठले अबपनि केपी ओलीको विकल्प नभएको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा सीटीईभीटीले गरेको कामको प्रशंसा गर्दै योजनाबद्ध ढंगले अधि बढ्न निर्देशन दिनुभयो । सो संस्थाको अध्यक्ष समेत रहनुभएका मन्त्री श्रेष्ठले प्राविधिक शिक्षालाई पहिलो प्राथमिकातामा राखेर अघि बढ्ने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगकी सदस्य(शिक्षा) डा. उषा झा, सीटीईभीटीका उपाध्यक्ष खगेन्द्र अधिकारी, शिक्षा सचिव रामप्रसाद थपलिया, सदस्य सचिव पुष्प रमण वाग्ले लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा मन्त्री श्रेष्ठ, सचिव थपलिया लगायतले सीटीईभीटी परिसरमा वृक्षरोपाण गर्नुभएको थियो । मन्त्री श्रेष्ठले वार्षिकउत्सवको केक काट्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV