१२ फाल्गुन २०७७, बुधबार

काठमाडौं, १२ फागुन। नेकपा प्रचण्ड–माधव समूहले स्थायी कमिटी बैठक बोलाएको छ । बुधबार २ बजेका लागि उपलब्ध स्थायी कमिटी सदस्यहरुको बैठक पेरिसडाडाँमा दुई बजेका लागि बोलाइएको हो ।

स्थायी कमिटी बैठक समापनपछि दिउँसो चार बजे संसद् दलको बैठक बस्ने जनाइएको छ । साथै, स्थायी कमिटी र संसदीय दल दुवै बैठकलाई अनौपचारिक भनिएको छ ।

संसद् विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरेपछि चितवन पुगेका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल काठमाडौं आइपुगेका छन् । स्थायी कमिटी र संसदीय दलको बैठककै बीच काँग्रेसका सभापति शेरबहादुर देउवालाई पनि प्रचण्ड र माधव नेपालले भेट्ने तयारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV