१२ फाल्गुन २०७७, बुधबार

काठमाडौं, १२ फागुन । नेकपा ओली पक्षधर तथा पूर्वकानून मन्त्री शेरबहादुर तामाङले १३ बर्ष गोलघरमा राख्दा त नहारेको केपी ओलीलाई अदालतको फैसलाले नहराएको ठोकुवा गरेका छन् । बुधबार राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको बिस्तारित बैठकमा उनले यस्तो भनेका हुन् ।

उनले भनेका छन्, ‘१३ वर्ष गोलघरमा राख्दा त नहारेको केपी ओलीलाई अदालतको एउटा फैसला विपक्षमा हुँदैमा हार्नुभएको छैन।’

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई हराए पनि आगामी २ वर्षमा हुने निर्वाचनमा जितेरै छाड्ने बताएका छन् । बुधबार राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको बिस्तारित बैठकमा मन्तव्यका क्रममा आगामी दुई वर्षको निर्वाचनमा केपी ओलीकै नेतृत्वमा चुनाव जितेरै छाड्ने उनले बताए ।

उनले भने, ‘चुनाव सदर भएको भए हतार हतारमा सबै काम गर्नुपथ्यो, छोटो समयमा के हुन्छ ? भन्ने थियो, अव दुई बर्ष संगठन गर्ने अवसर पायौँ, हामी संगठन निर्माण गरेर जान्छौं, केपी ओलीको नेतृत्वमा हामी जितेरै छाडछौँ ।’

अदालतले संसद पुनःस्थापना गरेपछि आफूहरुले दुई बर्ष पार्टी र संगठन नर्माणको समय पाएको भन्दै उत्साहका साथ काममा खटिन सुल्झाएका छन् ।

साथै, प्रधानमन्त्री ओलीलाई सर्वोच्च अदालतले हराए पनि युवा पुस्ता केपी ओलीकै साथमा रहेको पनि उनले बताएका छन् । उनले भने, ‘सर्वोच्च अदालतले हराए पनि युवा पुस्ता केपी ओलीकै साथमा छ, हामी जितेरै छाडछौँ । अदालतबाट के फैसला हुन्छ ? त्यसको आधारमा पार्टी बन्दैन, पार्टी बनाउने युवा पुस्ताले हो, जनताको मायाले हो । युवा पुस्ता र जनता केपी ओलीको पक्षमा दृढतापुर्वक उभिएका छन ।’

उनले कार्यक्रममा भने, ‘नयाँ जेनेरेशन केपी ओली जिन्दावादमा छ, केपी ओली जिन्दावाद भनिरहेछ, त्यसैले यो पार्टी बाँच्छ, त्यही पुस्ताले पार्टी निर्माण हुन्छ ।’

अदालतबाट संसद् पुनस्र्थापनाको फैसला नभएको खन्डमा ठीक उल्टो हुने पनि उनले बताएका छन् । उनले भन, ‘अदालतको फैसाल ठीक उल्टो आएको भए आज के हुन्थ्यो होला ? आज नेपाल बन्द हुन्थ्यो होला, तोडफोड हुन्थ्यो होला, ध्वंस हुन्थ्यो होला, तर आज त्यस्तो केही छैन । किनकी हामी संयमतापुर्वक आफ्नो बिचार राखिरहेका छौँ, हामी निर्माणको पक्षमा हौं, हामी समृद्धिको पक्षमा हौंँ ।’

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV