१२ फाल्गुन २०७७, बुधबार

काठमाडौं, १२ फागुन । नेकपा ओली पक्षका नेता तथा संविधान अध्यक्ष सुवास चन्द्र नेम्वाङले प्रधानमन्त्री ओलीलाई संसद् विघटन नगर्नुस् भनेर सुझाव दिए पनि नमानेको बताएका छन् ।

बुधबार न्युज २४ टेलिभिजनसँग कुरा गर्दै नेता नेम्बाङले सर्वोच्च अदालतमा मुद्दा पर्नुअघि नै प्रधानमन्त्री ओलीलाई संसद् विघटन नगर्नुस् भनेर सुझाव दिएको बताएका हुन् । उनले भनेका छन्, ‘‘प्रधानमन्त्रीज्यूले मेरो बाध्यता भयो, मसँग अरू विकल्प भएन भन्नुभयो । यो कानुनी र राजनीतिक रूपमा ठीक हुँदैन है प्रधानमन्त्रीज्यू भनेर मैले भनेको हो, मिडियामा पनि केही कुरा त आएकै हुन्,’ उनले भने ।

‘पत्रकारहरूसँगको कुराकानी र विभिन्न कार्यक्रममा अहिलेको विषयमा मैले बोलेको थिएँ । सर्वोच्च अदालतमा विचाराधीन विषयमा प्रवेश गरेपछि कानुनको विद्यार्थीको नाताले संसद्‌मा बहससमेत गर्न नपाउने संवैधानिक प्रावधान भएकाले मैले त्यसबारे नबोलेको हुँ ।’ उनले भने ।

सर्वाेच्च अदालतले ठीक गर्यो, गरेन नभन्ने पनि उनले बताएका छन् । अहिले सर्वोच्चले यसबारे निर्णय दिँदै संविधानको व्याख्या गरेको पनि नेम्बाङले बताएका छन् । ‘कानुनी रूपमा सर्वोच्चले संविधानको व्याख्या गऱ्यो । सर्वोच्चको व्याख्या अब संविधानको अभिन्न अंग भयो’, उनले भने ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोलाः

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV