१२ फाल्गुन २०७७, बुधबार

काठमाडौं, १२ फागुन । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको तुरून्त राजीनामा माग गरेका छन्।

मंगलबार सर्वाेच्च अदालतले प्रधानमन्त्री ओलीले पुस ५ मा प्रतिनिधि सभाको विघटनलाई पुनस्र्थापना गरेसँगै बुधबार बिहान विज्ञप्ति जारी गरेर उपाध्यक्ष गौतमले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका हुन् ।

फागुन ११ मा सर्वाेच्च अदालतको संसद् पुनस्र्थापनाको फैसलालाई ऐतिहासिक दिन भनेर पनि उनले भनेका छन् । ‘यो दिन हाम्रो सम्मानित सर्वोच्च अदालतले हजारौं सपुतहरूको बलिदान तथा लाखौं देशभक्त नेपालीको त्याग र समर्पणवाट प्राप्त नेपालको संविधानको संरक्षण गरेको दिन हो।’ उनले भने ।

फागुन ११ को दिन निरंकुशता स्वेच्छाचारीता, अराजकता र दुराचारीताको पराजय तथा संविधान, कानुन, लोकतन्त्र र जनताको सर्वभौमिकताले पुनर्विजय प्राप्त गरेको ऐतिहासिक दिन भएको पनि उनले भनेका छन् ।

साथै प्रधानन्यायाधीश र संवैधानिक इजलासका न्यायाधीशहरुप्रति उनले आभार प्रकट गरेका छन् ।
यसैगरी नेकपाका दुवै अध्यक्ष ओली र प्रचण्डलाई तुरुन्तै सचिवालय बैठक धुम्वाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बोलाउन अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV