११ फाल्गुन २०७७, मंगलवार

काठमाडौं, ११ फागुन । महोत्तरीमा एक वृद्ध दम्पति सुतेको ओछ्यानबाटै बेपत्ता भएका छन् ।अज्ञात समूहले महोत्तरीको पिपरा गाउँपालिका–५ सहोडवाका ६५ वर्षीय मुसाफिर झा र उनकी श्रीमती ६० वर्षीया गीता देवी झालाई सुतेको ओछ्यानबाटै बेपत्ता बनाएको हो ।

दुवै जना सुतेको स्थान नजिकै रगतको छिटा देखिएको बताइएको छ । सो अनुसार उनीहरुको हत्या गरेर शव बाहिर लगेर फालेको हुन सक्ने स्थानीयले आशंका गरेको छ। कसैले अपहरण गरेर बेपत्ता बनाएको हुन सक्ने जनाइएको छ ।

प्रदेश प्रहरी कार्यालय जनकपुरधाम अनुसार ‘उनीहरुको आगनमा रगतको छिटा देखिएको छ। हाल सो घटनाको नुसन्धन भइरहेको छ ।

घटनाको अनुसन्धानका क्रममा दुईजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV