न्यायपालिकाको निणर्यलाई पार्टीले स्वीकार गर्छ : उपप्रधामन्त्री पोखरेल



प्रकाशित मिति : Feb 23, 2021
  • केदार शर्मा,

चितवन, ११ फागुन । उपप्रधामन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली समूहका सचिवालय सदस्य ईश्वर पोखरेलले न्यायपालिकाको निणर्यलाई पार्टीले स्वीकार गर्ने बताउनु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले संसद विघटन सदर नगरे आन्दोलन गर्ने अभिव्यक्ति दिएको भनेर समाचार सार्वजनिक भइरहेका बेला ओली निकट पोखरेलले संसद विघटनको सम्बन्धमा सर्वोच्च अदालतले जे फैसला गर्छ त्यसलाई स्वीकार गर्ने बताउनु भएको हो ।

उहाँले सर्बोच्चको फैसला नमान्ने भन्ने कुरा अलोकतान्त्रिक हुने समेत बताउनुभयो । प्रेस संगठन चितवनले मंगलबार आयोजना गरेको पत्रकार भेटघाटमा पोखरेलले ३३ वर्ष पार्टीको अध्यक्ष भएका पुष्पकमल दाहाल प्रचण्डको ढाँडमा टेकेर टाउकोमा हान्ने अभ्यासले गर्दा अहिले पार्टी यस्तो अवस्थामा पुगेको दावी पुनः दोहोर्याउनु भयो ।

पूर्व एमालेभित्रको अन्तरविरोधमा खेल्दै माधव नेपालको ढाँडमा टेकेर केपी ओलीको टाउकोमा हान्ने योजना बनाउँनाले पार्टी विभाजन हुने अवस्थासम्म आएको उपप्रधानमन्त्री पोखरेलको आरोप छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com