ऋषी खड्का र समिक्षा अधिकारीको “मया पिरिम ” सार्वजनिक



प्रकाशित मिति : Feb 23, 2021

काठमाडौँ, ११ फागुन । गायक ऋषी खड्का र समिक्षा अधिकारीको सुमधुर स्वरमा रहेको गीत “मया पिरिम ” सार्वजनिक भएको छ ।

काठमाडौँलाई सांगितिक कर्मथलो बनाईरहेका ऋषी खड्काले यस अघि पनि थुप्रै गीतहरु बजारमा ल्याएर असंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका गायक ऋषी खड्का र समिक्षा अधिकारीको नयाँ सागीतिक कोसेली “मया पिरिम ” श्रोता दर्शक माझ लिएर आएका छन्। सर्जक तथा गीतकार रबिन लामिछानेको उत्कृष्ट शब्द सिर्जना राजेको गीतमा ऋषी खड्का गायक आफैले संगीत भरेका छन् भने केशव बाडुले एरेन्ज गरेका हुन्।

मौसम हिमालीको निर्देशनमा रहेको गीतको भिडियोमा चर्चित मोडेलअञ्जली अधिकारी र बिजय पुन (पथर्को मुटु) को अभिनय रहेको भिडियोमा अन्य कलाकारहरुले साथ दिएका छन् । शिव शरण न्यौपानेले छायांकन गरेको भिडियोलाई प्रविन हुन् भने निम्रोध राईले साथ दिएका छन् ।

भिडियोमा कैद दृश्य उपत्यका र काभ्रेका विभिन्न रमणीय ठाउँमा छायांकन गरिएको गीतको भिडियोलाई प्रबिन भट्टले सम्पादन गरेका हुन् । “मया पिरिम ” बोलको गीत गायक ऋषी खड्काको अफिसियल युट्यूव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com