३ हजार २१८ जनाको पीसीआर परीक्षण गर्दा मुलुकमा ११० जना संक्रमित थपिए



प्रकाशित मिति : Feb 23, 2021

काठमाडौं, ११ फागुन । मुलुकमा थप ११० जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमणको पुष्टि भएको छ । जसमा महिलाको संख्या ३९ र पुरुषको संख्या ७१ रहेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार २१८ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ११० संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७३ हजार ६६६ पुगेको छ ।

काठमाडौं उपत्यकामा थप ५३ जनामा संक्रमण फेला

यसैगरी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५३ जना संक्रमित फेला परेका छन् ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा २१ जना महिला र ३२ जना पुरुष गरी ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख २७ हजार ९९६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १०२ संक्रमित निको भए, ४ को मृत्यु

कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १०२ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १०२ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ७० हजार ६८ पुगेको छ ।

त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १ हजार ५३३ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ६५ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार २१८ सय जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल २१ लाख ४६ हजार ५३३ जनाको पीसीआर परीक्षण भएको छ ।

यसगरी पछिल्लो २४ घण्टामा थप ४ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ६५ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com