आज नेप्से २१ दशमलव १६ अङ्कले ओरालो लाग्यो



प्रकाशित मिति : Feb 23, 2021

काठमाडौं, ११ फागुन । साताको तेस्रो दिन आज मंगलबार शेयर बजार परिसूचक नेप्से ओरालो लागेको छ ।आज नेप्से २१ दशमलव १६ अङ्कले घटेर २५ सय ८६ दशमलव ५१ विन्दुमा रोकिएको छ । आज व्यापार समूहबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ ।

बैंकिङ समूहको शेयर झण्डै आठ अङ्कले ओरालो लागेको छ भने, होटलको साढे ३१ अङ्कले घटेको छ । यस्तै विकास बैंकको ३०, जलविद्युतको १२, फाइनान्सको सात, निर्जीवन बीमाको ५२, उत्पादनको ९६, अन्यको ५१, माइक्रो फाइनान्सको ५ र जीवन बीमा समूहको शेयर २० अङ्कले ओरालो लागेको छ ।

दुई सय पाँच कम्पनीका एक करोड ७६ लाख कित्ता शेयर आठ अर्ब ५३ करोड ९७ लाख रुपैयाँमा कारोबार भएको छ ।

आज सबैभन्दा धेरै निफ्राको ७३ करोड ९४ लाख रुपैयाँको शेयर किनबेच भएको छ । निफ्राको शेयर १० प्रतिशतले घटेको छ ।

समग्र बजार घटे पनि आज नेपाल फाइनान्स, अपी पावर, लिवर्टी इनर्जी र हिमालयन पावरका लगानीकर्ताले नौ प्रतिशतभन्दा धेरै कमाएको छ


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com