डा. शाह एन्टीडोपिङ्ग बोर्ड सदस्यमा मनोनित



प्रकाशित मिति : Feb 23, 2021

काठमाडौँ, ११ फागुन । राष्ट्रिय खेलकुद परिषद् खेलकुद चिकित्सा तथा अध्ययन केन्द्रमा बिज्ञको रुपमा कार्यरत डा. ज्ञानेन्द्र बिक्रम शाह नेपालको तर्फबाट दक्षिण एशियाली क्षेत्र एन्टीडोपिङ्ग अर्गनाईजेशनको बोर्ड सदस्यमा मनोनयन भएका छन् ।

शाहलाई सन् २०२० देखि २०२४ सम्म ४ बर्षका लागि उक्त बोर्डमा मनोनयन गरिएको युवा तथा खेलकुद मन्त्रालयका उपसचिव प्रेमराज खरेलद्वरा हस्ताक्षरित पत्रमा जनाईएको छ ।

डा। शाहले उक्त बोर्डमा बस्दा नेपालमा एन्टीडोपिङ्ग सम्वन्धि गतिबिधीहरुको अध्यन अनुसन्धान, प्रचार प्रसार गर्नुका साथै उक्त संस्थाले गरेका एन्टीडोपिङ्ग सम्वन्धि कार्यहरुको नियमित अध्यावधिक प्रतिवेदन मन्त्रालयलाई प्रस्तुत गर्नुपर्नेछ ।

नेपालमा हाल सम्म पनि एन्टीडोपिङ्गको कुनै संस्था नभएका कारण उक्त कार्यहरु नेपाल ओलम्पिक कमिटि मार्फत हुँदै आएको छ । एन्टीडोपिङ्गको संस्था संचालन गर्न निकै ठुलो धनरासी आवश्यक पर्ने भएका कारण संस्था स्थापनामा ढिलाई भईरहेको जनाईएको छ ।

यस्तै डा।शाह अन्तराष्ट्रिय भारोत्तोलन महासंघको एन्टीडोपिङ्ग कमिसनको सदस्यमा समेत मनोनित भएको डा. शाह स्वयंले जानकारी गराएका छन् । महासंघले बिश्वभरिका आफ्ना सदस्य राष्ट्रहरुको कार्यक्षमताको आधारमा नेपालको तर्फबाट शाहलाई चयन गरेको हो । १८० भन्दा बढि राष्ट्रमा कार्यरत यो संस्थामा नेपालको यो पहिलो सहभागिता हो ।

हाड तथा जोर्नी बिज्ञ डा. शाह नेपालकै पहिलो अस्पताल बिर अस्पतालको ट्रमा सेन्टरमा समेत कार्यरत रहँदै आएकाछन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com