तस्वीरमा प्रधानमन्त्री ओलीको ७० औं जन्मोत्सव



प्रकाशित मिति : Feb 23, 2021

काठमाडौं, ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज जन्मदिन मनाउनुभएको छ । प्रधानमन्त्री ओलीले मंगलबार (आज) प्रधानमन्त्री निवास बालुवाटारमा ७०औं जन्मदिन मनाउनुभएको हो ।

प्रधानमन्त्री ओलीले आफ्ना परिवारका सीमित सदस्यहरुसँग जन्मदिन मनाउनुभएको हो । प्रधानमन्त्री ओलीको जन्मोत्सब कार्यक्रममा बुवा मोहनप्रसाद ओली, श्रीमती राधिका शाक्यलगायत केही आफन्तहरु उपस्थिति रहेको बताइएको छ ।

वि.सं. २००८ साल फागुन ११ गते प्रधानमन्त्री ओली तेह्रथुममा जन्मिनुभएको हो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com