११ फाल्गुन २०७७, मंगलवार

काठमाडौं, ११ फागुन । काठमाडौंको सुकेधारास्थित कामाद कलेज र कुमारी जबबीच इन्टनशीप तालिम तथा रोजगारी सम्बन्धी सहकार्य भएको छ ।

फागुन ९ गते आइतबार गरिएको उक्त सहकार्यमा कामाद कलेजका सीईओ काशिनाथ खनाल र कुमारी जवका एमडी सन्देश भण्डारीले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौतामा हस्ताक्षर गर्दै कलेजका सिइओ खनालले यस सम्झौताले विद्यार्थीहरुको क्षमता अभिवृद्धि हुनुका साथसाथै उनीहरुको उज्वल भविश्य निर्माणमा कुमारी जबले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको बताए ।

यस्तै कुमारी जवका एमडी सन्देश भण्डारीले यि दुई संस्थाबीचको सहकार्यले विद्यार्थीहरुलाई उचित तालिम प्रदान गरी उनीहरुको व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्नुका साथै उनीहरुलई रोजगारको सहजता प्रदान गरिने बताए ।

सम्झौताअनुसार कामाद कलेजमा बीबीए अध्यनरत विद्यार्थीहरुले रोजगारीको लागि प्रयोगात्मक तालिम तथा इन्टनशीपको अवसर पाउनुका साथै रोजगारीको अवसर पनि पाउनेछन् ।

जस अन्तर्गत ७ औं सेमेस्टरका विद्यार्थीलाई इन्टनशीपका लागि प्रयोगात्मक तालिम दिइने छ र विभिन्न संघसंस्थामा इन्टनशीपका लागि सहजता प्रदान गरिने छ ।

यस्तै ८ औं सेमेस्टरका विद्यार्थीलाई रोजगारीका लागि प्रयोगात्म तालिमसँगै जब मेलाको आयोजना गरिने छ । उक्त मेलामा कम्तीमा १० स्थापित उद्योग संघ संस्थाहरूले स्वयं उपस्थित भएर अन्तर्वार्ता लिनेछन् । उक्त जव मेलाबाट विद्यार्थीहरुलाई जागिरका लागि छनौट गरिने छ ।

पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कामाद कलेजमा Bachelor of Arts in Development Studies (BDevS) र Bachelor of Business Administration (BBA) दुई वटा स्नातक तहको अध्यन अध्यापन गराइन्छ ।

यस्तै कुमारी जवले विगत ६ वर्षदेखि मानव संसाधन व्यवस्थापन (रोजगारी, विकास र प्रर्वद्धन)मा निरन्तर काम गर्दै आइरहेको छ । यसले कलेज र कर्पोरेटसँग विद्यार्थीहरुलाई जोड्ने गरि विभिन्न तालिम तथा रोजगारीमुलक कार्यक्रम पनि चलाउँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV