सुनको भाउ आज तोलामा ११ सयले बढ्यो



प्रकाशित मिति : Feb 23, 2021

काठमाडौं, ११ फागुन । सुनको भाउ आज सोमबार तोलामा ११ सय रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलाको ९० हजार एक सय रुपैयाँमा पुगेको छ ।

सुनको मूल्य हिजो भने स्थिर थियो । तर, आज फेरि तोलामा ११ सय रुपैयाँले बढेको छ। त्यस्तै, आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले बढेर १३ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो हप्ताको अन्तिम दिन भाउ घटेर तोलामा ८८ हजार २ सय रुपैयाँमा झरेको थियो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com