एक वर्षे काखे छोरी मारेर आत्महत्या गर्न लागेकी युवती पक्राउ



प्रकाशित मिति : Feb 23, 2021
  • शिव डुम्रे

बुटवल, ११ फागुन । एक वर्षीय काखे छोरीलाई घाटीमा डोरी बाधेर हत्या गरी आफूले समेत आत्महत्या गर्न प्रयास गरेकी आमा प्रहरीको फन्दामा परेकी छन ।
रुपन्देहीको मायादेवी गाउँपालिका–३ स्थित हरहरवामा आफ्नै कोठाको पंखामा १ वर्षिय बालिकाको घाँटी बांधेर हत्या गर्ने र आफुले समेत डोरीमार्फत आत्महत्या गर्ने प्रयास गरेकी २१ वर्षिय प्रेमा यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

आत्महत्या गर्ने प्रयास गरेकी प्रेमाको नन्दले देखेपछि डोरी काटेर बचाएको भन्ने खुल्न आएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सत्य नारायण थापाले जानकारी दिए ।

डीएसपी थापाका अनुसार १ वर्षिय बालिकालाई आफन्तहरुले नजिकैको खोलामा लगेर गाडिसकेको भन्ने खबर प्राप्त भएपछि तत्काल प्रहरी परिचालित भइ खोज्ने क्रममा दानव खोला नजिक शंकाष्पद ठाउँमा खनेर हेर्दा बालिकाको शव फेला परेको थियो । बालिकाको घाँटीमा शंकाष्पद दाग देखिएकोले उनलाई पोष्टमार्टमका लागि भैरहवास्थित भीम अस्पतालमा पठाइएको उनले जानकारी दिए ।

घटनाको अनुसन्धानको क्रममा प्रेमासहित उनको ससुरा मायादेवी–३ हरहरवाका ५५ वर्षिय बुद्धिराम यादव, सासु ४५ वर्षिय राजमति यादव, श्रीमान् २२ वर्षिय राज कुमार यादव र साथी लुम्बिनी सांस्कृतिक नगरपालिकाका २६ वर्षिय प्रदिप चौधरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com