११ फाल्गुन २०७७, मंगलवार

काठमाडाैँ, ११ फागुन । स्वास्थ्य उपचारका लागि भारतको नयाँदिल्ली पुग्नु भएका पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई अस्पताल भर्ना हुनुभएको छ ।

डा. भट्टराई आज बिहान ९ बजेदेखि दिल्लीस्थित यकृत एवम् पित्त विज्ञान संस्थान (आईएलबीएस) अस्पतालमा भर्ना हुनुभएको हो । उहाँका सहयोगी एवम् जसपाका केन्द्रीय सदस्य विश्वदीप पाण्डेका अनुसार आज दिनभर अस्पतालमा राखेर आवश्यक सबै परीक्षण गरिने छ । डा. भट्टराई स्वास्थ्य उपचार गर्न गत आइतबार दिल्ली जानु भएको थियो ।

उहाँ लामो समयदेखि पेट सम्बन्धी समस्याबाट पीडित हुनुहुन्छ । यसअघि उहाँले काठमाडौंमै परीक्षण तथा उपचार गराउँदै आउँनु भएको थियो । चिकित्सकहरुले न्युरो–इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिस गरेपछि उपचार गर्न दिल्ली गएको भट्टराईको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV