१० फाल्गुन २०७७, सोमबार
  • आशिष केसी

सल्यान, १० फागुन । प्रचण्ड–माधव समुहले सोमबार ६८ जिल्लामा अध्यक्ष र सचिव तोकेको छ । तर सल्यानमा भने सचिव कर्ण बहादुर बुढाथोकी छहारी पार्टीले गरेको निर्णय नमान्ने घोषणा गर्नुभएको छ । उहाँले नेकपा पूर्वएमाले मात्र विभाजित भएको पूर्वमाओवादी एकै ढिक्कमा रहेकाले बराबरी कार्यविभाजन मान्य नहुने बताउनु भएको छ ।

उहाँले सोमबार सामाजिक संजाल फेशबुकमा स्टाटस लेख्दै आम जनता तथा शहिदहरुको रगतको अबमुल्यन गरेर गल्ती गरेको बताउनु भएको छ । नेकपा एमालेसँग एकता हुँदा माओवादीका तर्फबाट जिल्ल सचिव बनेका छहारीले अहिले आफू जिल्ला अध्यक्ष हुनु पर्ने दावी गर्नुभएको छ । आज तोकिएको जिल्ला अध्यक्षमा पूर्वएमालेकै नेता परेपछि उहाले अन्तिुष्टि जनाउनु भएको हो ।

ृउहाँले सामाजिक संजालमा आफुनै सल्यानको पार्टी अध्यक्ष भएको जिकीर पनि गर्नुभएको छ । सल्यानमा पूर्व एमाले दुई धार हुन पुगेको तर पूर्वमाओवादी एक ढिक्कामा रहेकोले अहिलेको निर्णय स्वीकार्य नहुने उहाँको भनाइ छ ।

उहाँले भन्नुभएको छ, ‘सल्यानको संगठात्मक हिसासले हेर्दा म नै अध्यक्ष रहेकोले जिल्ला अध्यक्षको हैसियतले पार्टीका गतिविधि अगाडि बढने र रोक्न खोजे त्यसको परीणाम नेताहरुले भोग्नु पर्छ।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV