१० फाल्गुन २०७७, सोमबार

काठमाडौं, १० फागुन । नेत्रबिक्रम चन्द विप्लवका समुहका नेता धर्मेन्द्र बाँस्तोला पुन: पक्राउ परेका छन् । पुष २९ गते पक्राउ परेर रिहा भएका बाँस्तोलालाई काभ्रेमा पुरानो मुद्दा बाँकी रहेको भन्दै प्रहरीले पुन: पक्राउ गरेको हो । प्रहरीका अनुसार उनी आजै सर्वोच्च परिसरबाटै पक्राउ परेका हुन् ।

उनलाई सर्वोच्चका न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले रिहा गर्न आदेश दिएको थियो । पक्राउ परेका नेता बाँस्तोलालाई आजै काभ्रे लाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

सरकार र विप्लव समुहबीच वार्ता हुने र प्रतिबन्ध हटाउने चर्चा चलिरहँदा पनि प्रहरीले विप्लव समुहका नेताहरुलालई पक्राउ गर्न भने छोडेको छैन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV