१० फाल्गुन २०७७, सोमबार
  • दान बहादुर बुढा

मुगु, १० फागुन । एक नगरपालिका र तीन गाउँपालिका रहेको हिमाली जिल्ला मुगुमा एक गाउँ पालिकाले आफ्नै प्रशासनिक भवन बनाएर सेवा सुविधा दिन शुरु गरेको छ । मुगकाे कार्मारोङ गाउँपालिकाले आफ्नै प्रशासनिक भवन निमार्ण सम्पन्न गरेर शनिबारबाट पालिकाबाट प्रदान हुँदै आएका सेवा नयाँ प्रशासनिक भवनबाट दिन शुरु गरेको हो ।

अन्य पालिका केन्द्रमा भाडामा घर लिएर चलिरहेका बेला यो गाउँपालिकाले भने आफ्नै भवन बनाएर सेवा दिन शुरु गरेको हो । भवन निर्माण गर्न गत वर्षको गाउँसभाबाट रु ८१ लाख बजेट विनियोजन गरिएको थियो । ८१ लाख गाउँपालिकाको र १८ लाख जनश्रमदान गरी कूल ९९ लाखमा एक तालीम हल र २३ वटा गाउँपालिकाभित्र रहेका विषयगत शाखाका कार्यालय सञ्चालन, अतिथि गृहसहितको सेवा रहने गरी निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV