२४ वर्षअघि मृत्यु भएका एक गायकको स्वरमा नयाँ गीत रेकर्ड



प्रकाशित मिति : Feb 22, 2021

एजेन्सी, १० फागुन । दक्षिण कोरियामा गायकको मृत्यु भएको २४ वर्षपछि उनकै स्वरमा गीत रेकर्ड भएको छ ।२४ वर्षअघि मृत्यु भएका एक गायकको स्वरमा दक्षिण कोरियाको एउटा प्रविधि कम्पनीले नयाँ गीत रेकर्ड गराएको हो ।

त्यसका लागि एआई अर्थात् आर्टिफिशल इन्टेलिजन्सबाट सञ्चालित हुने एउटा सफ्टवेअरलाई सन् १९९६ मा मृत्यु भएको गायक किम ख्वाङ सियोकको गायकका पुराना गीत र आवाज सुनाइएको बीबीसीमा उल्लेख छ ।

हाल स्वराङ्कन गरिएको उक्त गीत ती गायकले पहिला कहिल्यै पनि रेकर्ड नगराएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com