रौतहटमा सम्पन्न मेयर कप कराँतेमा सुदुर पश्चिम बन्यो टिम च्याम्पिन



प्रकाशित मिति : Feb 22, 2021
  • बाल बिक्रम कार्की

रौतहट, १० फागुन । रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न मेयर कप राष्ट्रिय कराँते प्रतियोगितामा सुदुर पश्चिम प्रदेश टिम च्याम्पियन बन्न सफल भएको छ । सो प्रदेश ४ स्वर्ण पदक सहित टिम च्याम्पियन बन्न सफल भएको हो ।

चन्द्रपुर नगरपालिकाको आर्थिक सहयोग तथा नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनाका चन्द्रनिगाहपुर स्थित तुलसी लाल स्मृती खेल मैदानमा सम्पन्नसम्पन्न सो प्रतियोगितामा ३ स्वर्ण पदक सहित प्रदेश नम्बर २ द्धितिय र एक स्वर्ण सहित प्रदेश नम्बर १ तृतिय भएको संघका जिल्ला अध्यक्ष अशोक पहाडीले जानकारी दिनुभयो ।

प्रतियोगितामा हरेक तौल समुहमा प्रथम हुने खेलाडीले नगद तीन हजार दोस्रो हुने खेलाडीले नगद दुइ हजार र तेस्रो हुने खेलाडीले नगद एक हजार सहित ट्रफि , मेडल तथा प्रमाणपत्र प्राप्त गरेको पहाडीले बताउनुभयो ।

सो प्रतियोगिताको २५ किलो तौल समुहमा सुदुर पश्चिमका सोनाम तामाङ प्रथम , गण्डकी प्रदेशका रोमन नेपाली द्धितिय र बागमती प्रदेशका बिजय थापा मगर र प्रदेश नम्बर १ का मिण्डे शेर्पा तृतिय हुन सफल भएका थिए । त्यसैगरी ३० किलो तौल समुहमा सुदुर पश्चिमका संन्देश लामा प्रथम ,गण्डकी प्रदेशका संदिप रुचाल द्धितिय प्रदेश नम्बर १ का मुन्दुगं र बागमती प्रदेशका अंकित गुरुगं तृतिय हुन सफल भएका नेपाल सितोरियो कराते संघ रौतहटका कोषाध्यक्ष भिम पहरीले जानकारी दिनुभयो ।

यसैगरी ३५ किलो तौल समुहमा सुदुर पश्चिमका राकेश मानन्धर प्रथम, प्रदेश नम्बर २ का मनिष मगर द्धितिय र दिछान्त गुरुङ आयोजक र मनिष कार्की लुम्बीनी प्रदेश तृतिय भएका भएका पहरीले बताउनुभयो । यता ४० किलो तौल समुहमा सुदुर पश्चिमका सुनिल ठगुन्ना प्रथम बागमती प्रदेशका अमृत कुमाल द्धितिय र लुम्बीनी प्रदेशका अनिष सापकोटा र कर्णाली प्रदेशका बिनोद सलामी मगर तृतिय भएका छन् ।

४५ किलो तौल समुहमा बागमती प्रदेशका रोष्शन खाती प्रथम सुदुर पश्चिमका साजन भुजेल द्धितिय र कर्णाली प्रदेशका कमल बुढा र गण्डकी प्रदेशका लक्ष्मण पुन तृतिय भएका छन् । ५० किलो तौल समुहमा प्रदेशनम्बर १ का धनकुमार राई प्रथम बागमती प्रदेशका संजित तामाङ दोस्रो र प्रदेश नम्बर २ का बिसाल सिंह ,गण्डकी प्रदेशका अभिषेख कुमाल तृतिय भएका छन् । यसैगरी ५५ किलो तौल समुहमा बागमती प्रदेशका सुबिन खत्रि प्रथम लुम्बीनी प्रदेशका प्रलाद पाण्डे द्धितिय कर्णालीका प्रकाश सलामी मगर र प्रदेश नम्बर २ का मुकेश मारिक तृतिय भएका थिय ।

६० किलो तौल समुहमा प्रदेश नम्बर २ का स्वतन्त्र मगर प्रथम ,प्रदेश नम्बर १ का जेपी राई द्धितिय ,बागमती प्रदेशका सुजन मगर ,गण्डकी प्रदेशका मनोज श्रेष्ठ तृतिय भएका छन् । ६७ किलो तौल समुहमा प्रदेशनम्बर २ का सरोज पासवान प्रथम ,प्रदेशनम्बर १ का क्रितन राई द्धितिय ,लुम्बीनीका प्रतिक कुवर र बागमतीका रोजन ठकुरी तृतिय भएका थिए ।

काता तर्फ प्रदेश २ का बब्लु राईन प्रथम भएका छन् काता तर्फ कर्णालीका गोपाल गुरुगं द्धितिय र बागमतीका रेहन जावेद र गण्डकीका प्रभात पुन तृतिय भएका छन् । सातैवटै प्रदेश र अयोजक गरेका आठवटा टिमका दुईसय खेलाडी सम्मिलित सो प्रतियोगितामा प्रदेश २ का स्वतन्त्र मगर प्रतियोगिताको उत्कृष्ठ खेलाडी बन्न सफल भएका आयोजकले जनाएको छ ।

प्रतियोगितामा विजयी खेलाडीहरुलाई चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरी ,उप प्रमुख रामरती चौधरी ,नेपाल सितोरियो कराँते संघका अध्यक्ष दावा गुरुङ लगाएतका नगद पुरस्कर तथा मेडल प्रमाणपत्र वितरण गरेका थिए ।

पुरस्कार वितरण गर्दै नगर प्रमुख चौधरीले चन्द्रपुर नगरपालिका सबै खेलकुदको विकासको लागि योजनावद्ध ढंगले लागिरहेको जनाउँदै चन्द्रपुर नगरपालिकालाई राष्ट्रिय स्तरको खेलाडी उत्पादन केन्द्रको रुपमा विकास गर्ने नगरपालिकाको लक्ष्य रहेको बताउनुभयो ।

नेपाल सितोरियो कराते संघ रौतहटका अध्यक्ष अशोक पहाडीले मोफसलमा कराँते खेलको विकास तथा प्रतियोगिता गर्न निकैनै चुनौतिपूर्ण रहेको भन्दै सरोकारवाला निकाय र नेपाल सरकारले यस्ता खाले प्रतियोगिता गर्न सहयोग गरेमा अन्र्तराष्ट्रिय स्तरका खेलाडी उत्पादन हुन सक्ने विश्वास व्यक्त गर्नुभयो । सो संघले यसअघि महिला राष्ट्रिय कराँते प्रतियोगिता पनि सम्पन्न गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com