९ फाल्गुन २०७७, आईतवार
  • सुजन पुडासैनी

हेटौडा, ९ फागुन । मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले सबैको साथ र सहयोगका कारण आफु उपाध्यक्ष पदमा पुर्नबाहाली भएको बताउनुभएको छ ।

आईतबार पत्रकार सम्मेलन गर्दे आफुलाई उपाध्यक्ष पदबाट हटाउन अनेक किकिमका षड्यन्त्र र प्रयास गरिएको भएपनि जनताको माया र सबैको साथ सहयोगका कारण न्याय प्राप्त गर्न सफल भएको उहाँले बताउनुभयो ।

उहाँले आईतबारबाट आफ्नो जिम्मेवारीमा फर्किएपछी पत्रकार संग भेटघाट गर्दे आगामी दिनमा जनताका बीचमा रहेर जनहितका काम गर्ने बताउनुभयो ।

विष्टले गएको मंसिर २९ गते राजीनामा बुुुझाएको भन्दै पुस १७ गते गाउँपालिकाले राजीनामा स्वीकृत गरेको जनाएको थियो । विष्टले आफूले राजीनामा नदिएको भन्दै उच्च अदालत पाटन हेटौंडा इजलासमा रिट दायर गर्नुभएको थियो ।

गत बुधबार उच्च अदालत पाटन हेटौंडा इजलासले मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टलाई पुन आफ्नो पदीय जिम्मेवारीमा फर्कन परमादेश जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV