९ फाल्गुन २०७७, आईतवार

महेश्वर के.सी.
काठमाडौं, ९ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहनिकट अखिल नेपाल महिला संघ (अनेमसंघ) केन्द्रीय कमिटीले प्रतिगमन, महिला हत्या, हिंसा र बलात्कार विरुद्ध विरोध प्रदर्शन गरेको छ ।

आइतबार २ बजे राजधानीको शान्तिवाटिकादेखि बसन्तपुरसम्म ११ बुँदे शिर्षकमा विरोध प्रदर्शन गरेको हो ।

 

 

 

 

 

 

 

 

 

५ फागुनमा प्रधानमन्त्री ओलीले प्रतिनिसभा विघटन गरेको असंवैधानिक कदमविरुद्ध, प्रतिनिधिसभको पुर्नस्थापना, भागिरथीलगायत हत्या गर्ने अपराधीलाई कडा कारबाहीको माग, संविधानप्रदत्त अधिकार शिक्षा, स्वास्थ्य र रोजगारलाई मौलिक रुपमा लागू गराउन, महिलालाई कम्तिमा ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गराउनलगायत माग राख्दै विरोध प्रदर्शन गरिएको छ ।

यस्तै, विरोध प्रदर्शनका क्रममा तेल, ग्याँसलगायत दैनिक उपभोग्य वस्तुमा भएको चर्काे मूल्यबृद्धि नियन्त्रण गर्न, समाजमा रहेका अन्धकार कुसंस्कार र कुरीति हटाउन, छोराछोरी, महिला पुरुषबीच समानता ल्याउन पनि माग गरिएको छ ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV