९ फाल्गुन २०७७, आईतवार
  • दानबहादुर बुढा

फागुन, ९ मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाको एक सामुदायीक वनमा आगलागी भएको छ ।

छायाँनाथ रारा नगरपालिका वडा नं ४ मा पर्ने पारिवन सामुदायीक वनमा आगलागी भएको हो । शुक्रबार दिउँसो २ बजे हलनी डाँडाबाट लागेको आगोले करोडौं क्षती भएको छ । पारिवन सामुदायीक वन क्षेत्रको धेरै ठाँउमा आगलागी भएको छ ।कामको शिलशिलामा वनमा गएकाहरुले आगो तापेर आगो ननिभाई हिड्दा उक्त आगो वन क्षेत्रमा सल्किएको र एक स्थानको आगो वन क्षेत्र भरी सल्केर २ सय हेक्टर भन्दा बढी वन क्षेत्रमा आगलागी भएको छाँयानाथ रारा नगरपालिका वडा नम्बर ४ नं वडाका अध्यक्ष बिष्णु कुमार भामले बताएका छन् ।वडाअध्क्षय भामका अनुसार आगो कस्ले बालेको हो भन्नेबारे भने पत्ता लगाउन सकेको छैन । स्थानिय गाँउलेहरुको लापारवाहीका कारण आगो लाग्दा बनमा रहेका बिभिन्न प्रजातीका वनस्पती ,बन्य जन्तुहरुको जलेर नष्ट भएका छन् ।

आगलागी गर्ने ब्यत्तिको पारिवन सामुदायीकवनले खोजिकार्य गदै अनुसन्धान गरिरहेको अध्यक्ष भामले थप बताए। अप्ठेरो भीर भएको र सल्ला तथा अन्य ,झार स्याउला धेरै भएकाले आगो नियन्त्रणमा कठिनाइ भएको पारिवन सामुदायी वन उपभोक्ता समितिका अध्यक्ष झिमबहादुर भण्डारीले बताए ।

वनमा जाँदा सावधानी नपआना एकै कारण वन क्षेत्र आगलागी भएको स्थानीयको बताएका छन । आगो नियन्त्रणका लागी शुक्रबारदेखि वडा अध्यक्ष भाम र छायाँनाथ रारा नगरपालि वडा नं ४ भामवाडाका प्रत्येक घरका १५० जना स्थानीय निरन्तर जुटेर २४ घण्टापछि आगो नियन्त्रणमा ल्याउन सफलभएका छन ।

पत्येक घरका स्थानीय आगो निभाउन शुक्रबार देखि जंगलमै बास बसेर आगो नियन्त्रणमा ल्याउन सफलभएको स्थानीयको भनाई छ । यदि वन जंगलको बास नगरी आगो नियन्त्रणमा सक्रिय नभएको भए आगो नियन्त्रण बाहिर गहेर पारिवन सामुदायीकवन पूरै आगलागी भएर अन्य स्थानका वनमा पनी आगलागी हुने स्थानीय बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV