दयाहाङ र नम्रताको ‘वरदान’ मा मानसिक स्वास्थ्य र आत्महत्या रोकथामको विषय



प्रकाशित मिति : Feb 21, 2021

काठमाडौं, ९ फागुन । अभिनेता दयाहाङ राई र अभिनेत्री नम्रता श्रेष्ठको अभिनयमा सर्ट चलचित्र ‘वरदान’ बनेको छ ।चलचित्र दीपेन्द्र लामाले लेखेका हुन् भने निर्देशन पनि उनी आफैले गरेका छन् । चलचित्रको छायांकन हिजो शनिबार ललितपुरमा सकिएको बताइएको छ ।

चलचित्रमा मानसिक स्वास्थ्य र आत्महत्या रोकथामको विषय उठाइएको जनाइएको छ । कोसिस नेपालले निर्माण गरेको यो चलचित्र विविध कारणले आत्महत्याको प्रयास गर्न बाध्य एक नारीको कथा दर्शकले हेर्न पाउनेछन्।

चलचित्र करिब २० मिनेट अवधिको हुनेछ । नम्रता र दयाहाङसहित प्रवीण खतिवडा, लुनिभा तुलाधर, पुष्कर गुरुङ, जयनन्द लामा, शारदा गिरी, सुनिता श्रेष्ठ र कृष्णभक्त महर्जनले यस चलचित्रमा अभिनय गरेका छन्।

शैलेन्द्र डि कार्कीको छायांकन, निमेष श्रेष्ठले सम्पादन गरेको यो चलचित्रमा शैलेश श्रेष्ठको संगीत र उत्तम न्यौपानेको साउन्ड डिजाइन रहेको छ । चलचित्र केही हप्तापछि सार्वजनिक हुनेछ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com