९ फाल्गुन २०७७, आईतवार

काठमाडौं, ९ फागुन । प्रदेश १ को प्रदेश सभामा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश हुने भएको छ। आइतबार प्रदेश सचिवालयले जारी गरेको कार्यसूचीअनुसार मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वसाको प्रस्तावमाथि छलफल हुनेछ।

‘नेपालको संविधानको धारा १८८ (४) तथा प्रदेश नियमावली, २०७४ को नियम १२९ (१) बमोजिम दर्ता भएको प्रदेशन नं १ का माननीय मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव ऐन नियमावलीको नियम १२९ (४) बमोजिम पेश हुने’ प्रदेशसभा सचिव गाेपाल पराजुलीमार्फत् जारी कार्यससूचीमा उल्लेख छ ।

यससअघि आइतबारको संसद् बैठक रोक्न सभामुख प्रदीपकुमार भण्डारीलाई मुख्य मन्त्री राईले दबाब दिएका थिए । तर, सभामुखले भने अस्वीकार गर्दै कार्यसूची नै प्रकाशन गरेर अविश्वासको दर्ता गर्ने भनिएको छ ।

अहिले मुख्यमन्त्री र उनी पक्षका सांसदको बैठक मुख्यमन्त्री कार्यालयमा जारी रहेको जनाइएको छ। बैठकमा सदन वहिष्कार गर्ने कि, बैठक अवरोध गर्ने ? भन्ने विषयमा छलफल भइरहेको बताइन्छ।

मुख्यमन्त्रीले सभामुखलाई बैठक रोक्न र अविश्वास प्रस्ताव खारेज गर्न दबाब दिए पनि अन्तत अविश्वासको दर्ता गरिने सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV