गैरेको ‘बैमानीको खलक’ सार्वजनिक



प्रकाशित मिति : Feb 21, 2021
  • सुमन कार्की

पाल्पा ७ फागुन । पाल्पाली युवा सर्जक तथा गायक सुमन गैरेको आवाजमा नयाँ रोईला (ख्याली) ‘बैमानीको खलक’ बजारमा आएको छ । बैमानीको खलक गीतमा गैरेलाई पाल्पाली नव गायीका सीमा विश्वकर्माले साथ दिएकी छन् ।

गीतको भिडियोमा अर्जुन न्यौपाने, शिखा विश्वकर्मा लगायतले अभिनय देख्न सकिन्छ । गोकुल सारुको कोरियोग्राफी, पुरुषोत्तम गैरेको निर्देशन रहेको भिडियोलाई सन्तोष बस्यालले छायांकन गरेका छन् ।

गायक सुमन गैरेका यसअघि थुप्रै लोकप्रिय गीतहरु बजारमा आइसकेका छन् । लामो समयपछि गायक गैरेले पाल्पामा मौलिक कला र संस्कृतीको रुपमा लिइने रोइला गीत दर्शक स्रोतामाझ लिएर आएको र म नेपालीहरुको मन जित्न सक्ने गैरेको भनाई छ । गीतको भिडियो पुर्षोतम गैरे युट्युबमार्फत् बजारमा ल्याइएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com