९ फाल्गुन २०७७, आईतवार
  • दान बहादुर बुढा

मुगु, ९ फाल्गुन । छायाँनाथ रारा नगरपालिकाकोे एक सामुदायिक वनमा आगलागी भएको छ । छायाँनाथ रारा नगरपालिका वडा नं ४ मा पर्ने पारिवन सामुदायिक वनमा आगलागी भएको छ । शुक्रबार दिउँसो २ बजे बाट हलनी डाँडा बाट लागेको आगोले पारिवन सामुदायिकवन क्षेत्रको धेरै ठाँउमा आगलागी हुँदा करोडौँ क्षति भएको छ ।

कामको शिलशिलामा वनमा गहेकाहरुले आगो तापेर आगो ननिभाई हिड्ेकाले आगो वन क्षेत्रमा सल्किएको र एक स्थानको आगो वन क्षेत्र भरी सल्केर २ सय हेक्टर भन्दा बढी वन क्षेत्रमा आगलागी भएको छाँयानाथ रारा नगरपालिका वडा नम्बर ४ नं वडाका अध्यक्ष बिष्णु कुमार भामले बताएका छन ।

वडाअध्क्षय भामका अनुसार आगो कस्ले बालेका हुन थाहा भएन आगलागीको कारण आगो बालीतापेका र आगो न निभाई जाने गरेका स्थानिय गाँउलेहरुको लार्परवाहीका कारण बनमा आगो लागग्दा बनमा रहेका बिभिन्न प्रजातीका वनस्पती ,बन्य जन्तुहरुको जलेर नष्ट भएको बताएका छन ।

आगलागी गर्ने ब्यत्तिको पहिचान भएको छैन । तर पारिवन सामुदायिकवनले खोजिकार्य गदै अनुसन्धान गरीरहेको अध्यक्ष भामले थप बताएका छन ।

आगलागीबाट सयौं रोपनी पारिवन सामुदायिक वन जलेर नष्ट भएको छ । अप्ठेरो भीर भएको र सल्ला तथा अन्य ,झार स्याउला धेरै भएकाले आगो नियन्त्रणमा कठिनाइ भएको पारिवन सामुदायि वन उपभोक्ता समितिका अध्यक्ष झिमबहादुर भण्डारीले बताए । आगलागीका कारण करीब २ करौड भन्दा बढीको क्षेतिभएको छ । वनमाजाँदा सावधानी नपआना एकै कारण वन क्षेत्र आगलागीको स्थानीयको बताएका छन ।

आगो नियन्त्रणका लागी शुक्रबार देखि वडा अध्यक्ष भाम र छायाँनाथ रारा नगरपालि वडा नं ४ भामवाडाका प्रत्येक घरका १५० जना स्थानीय निरन्तर जुटेर २४ घण्टा पछि आगो नियन्त्रणमा ल्याउन सफल भएका छन ।

पत्येक घरका स्थानीय आगो निभाउन शुक्रबार देखि जंगलमै बास बसेर आगो नियन्त्रणमा ल्याउन सफलभएको स्थानीयको भनाई छ ।
यदि वन जंगलको बास नगरि आगो नियन्त्रणमा सक्रिय नभएको भए आगो नियन्त्रण बाहिर गहेर पारिवन सामुदायिकवन पुरै आगलागी भएर अन्य स्थानका वनमा पनी आगलागीहुने थियो ।

यो आगो लागी भर्ने सदरमुकाम गमगढी बजार नजिकै भएर सरोकार वाला सबैको नजर गएको हो । सदरमुकाम भन्दा बाहीर रहेको सामुदाय बन तथा राष्ट्रिय बन दिनैक सयैको
क्षेत्रफलमा आलाये लगाउर्ने गरेको देखीन्छ । आललागी हुला सयै बन्य जन्तु, विभिन्न प्रजातिका चराचुरुéी र वनस्पतिहरु नष्ट हुने गरेका छन भने सरोकार वाला निकाय हुन रहेको छन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV