९ फाल्गुन २०७७, आईतवार

धनुषा, ९ काठमाडौं । धनुषामा आफ्नै बुवा र मामा मिलेर अपहरण गरिएको ७ घण्टापश्चात् बालकको सकुशल उद्धार गरिएको छ । धनुषा जिल्लाको नगइराइन नगरपालिका–६ निवासी रमेश दास र दुई मामा मिलेर ७ वर्षीय छोराको अपहरण गरिएको ७ घण्टाभित्रै प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहको टोलीले उद्धार गरेको हो।

 

हाल बालकका बुवा र मामा गरी तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। के कारणले बालकको अपहरण गरिएको भन्नेबारे अनुसन्धान भइरहेको र आइतबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराइने जनाइएको छ ।

बालक शनिबार दिउँसो १ बजेबाट घरबाटै अपहरणमा परेका थिए । अपहरणपछि परिवारलाई अपराह्न ४ बजे एक करोड फिरौती लिएर आऊ नत्र बालकलाई मारिदिन्छु भनेर फोन भएको अनुसन्धानमा देखिएको छ ।

त्यसपछि परिवारलाई लगत्तै प्रहरीलाई सम्पर्क गरेर राति ८ बजे जनकपुरको माछा बजारस्थित एक घरबाट बालकको सकुशल उद्धार गरेको थियो ।

हालसम्मको अुनसन्धानमा आफ्नै बुबा हरिचनसँग रकम असुल्न आफ्नै छोरा रमेशले छोराको अपहरणको नाटक गरेको आशंका छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV