९ फाल्गुन २०७७, आईतवार

एजेन्सी, ८ फागुन । स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिड लेभान्टेसँग पराजित भएको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा लेभान्टेले एट्लेटिकोलाई २–० ले पराजित गरेको हो ।

लेभेन्टेलाई सहज जित दिलाउनको लागि जोस लुइस मोरालेस र जर्ग डि फ्रुटोसले गोल गरे । लेभान्टेले पहिलो र दोस्रो हाफमा समान १–१ गोल गरेका थिए ।

खेलको ३०औं मिनेटमा जोस लुइस मोरालेसले गोल गर्दै एट्लेटिकोलाई पहिलो हाफमा १–० को अग्रता दिलाए ।

इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा जर्ग डि फ्रुटोसले गोल गर्दै एट्लेटिकोलाई स्तब्ध पारे ।

यो हारसँगै एट्लेटिकोले शीर्षस्थानमा थप बलियो अग्रता लिने मौका गुमाएको छ । एट्ल्टिको २३ खेलबाट ५५ अंक रहेको छ । एक खेल बढी खेलेर ५२ अंक जोडेको रियल म्याड्रिड दोस्रो स्थानमा रहेको छ । लेभोन्टे ३१ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV