८ फाल्गुन २०७७, शनिबार
  • सुजन पुडासैनी,

हेटौंडा, ८ फागुन । पछिल्लो समय नेपालमा घटेका महिला हिंसा र बलात्कारका घटनाका विरुद्ध बागमती प्रदेशको राजधानी हेटौंडामा युवाहरुले शनिबार विरोध प्रर्दशन गरेका छन् ।न्यायका लागि स्वतन्त्र जनदवाव अभियानले युवाहरुको सहभागितामा हेटौंडाको बुद्धचोकमा मार्चपाससहित विरोध प्रर्दशन गरेको हो ।

विरोध प्रर्दशनमा युवाहरुले कानूनी राज्यको रक्षा गर, महिला हिसां अन्त्य गर, बलात्कारीलाई कारवाही गर, बलात्कारी खुलेआम बलात्कृत गुमनाम, बलात्कारी मानव हैनन्, न्याय हराएको मेरो देश, निर्मला पन्त, सम्झाना बिक, भागरथी भट्टलाई न्याय दे, तलाई सत्तको नशा छ निर्मला पन्तको दशा छ, भन्दै नारा लगाएका थिए ।

अभियानमा सहभागीहरुले पितृसत्तात्मक राज्य व्यवस्था र कानून कार्यान्वयनको कमजोर अवस्थाका कारण देशमा बालबालिका र महिलामाथि हिंसाका घट्ना बढिरहेको बताएका छन् ।

हेटौंडाको हुप्रचौरबाट शुरु भएको -याली बुद्धचोकमा आएर टुंगिएको थियो । उनीहरुले विभिन्न सचेतनामुलक र मागसहितका प्लेकार्ड बोकेका प्रर्दशन गरेका थिए । उनीहरुले बलात्कारविरुद्ध सचेतनामूलक नाटक समेत प्रर्दशन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV