८ फाल्गुन २०७७, शनिबार

काठमाडौं, ८ फागुन । नेकपाको प्रचण्ड–नेपालबाट बाहिर पुनः नेकपा ओलीमा प्रवेश गरेका प्रतिनिधिसभा सांसद शेरबहादुर तामाङले पूर्वएमाले सबै एक हुनुपर्ने बताएका छन् ।

शनिबार प्रदेश १ सांसद उषाकला राइँ र आफू नेकपा ओली समूहमा फर्किएको जानकारी गराउँदै पूर्वएमाले सबै अब एकजुट हुनुपर्ने बताएका हुन् ।

शनिबार विराटनगरमा आयोजित ओली समूहको आमसभा सहभागी भर प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाटै अविर र खादा लगाई पार्टी प्रवेश गर्ने कार्यक्रम रहे पनि आफू गृहजिल्लाको कार्यक्रममा व्यस्त रहेका कारण उपस्थित हुन असमर्थ रहेको पनि बताएका छन् । आफूहरु आमसभामा उपस्थित हुन नसके पनि प्रधानमन्त्री ओलीले आफूहरुको प्रवेशबारे घोषणा गरेको जानकारी दिन लागेको उनले बताए।

उनले भनेका छन्, ‘गृह जिल्लाको कार्यक्रमको व्यवस्तताले विराटनगर झर्न पाइएन । साथै, पार्टी प्रवेशको औपचारिक जानकारी प्रधानमन्त्रीले बिराटनगरमा आयोजना हुने आमसभामा घोषणा गर्नुहुने छ।’

प्रधानमन्त्री ओलीले ५ पुषमा संसद विघटन गरेपछि दम्पत्तिद्वय नेकपा प्रचण्ड–नेपालतिर थिए । तर, आफूहरुलाई उक्त पार्टीमा स्थान नदिइएको र प्रचण्डलाई नेता मान्न नसकिने बताउँदै पुनः ओलीतर्फ फर्किएको उनीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV