८ फाल्गुन २०७७, शनिबार

काठमाडाैँ, ८ फागुन । प्रदेश- २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झाको शपथ ग्रहणमा उपराष्ट्रपति र सभामुख अनुपस्थित हुनु पदीय जिम्मेवारी एवं कर्तव्यविपरीत भएकाे भन्दै  प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले तिखाे टिप्पणी गरेका छन् ।

शुक्रबार शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले झालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो । तर, उक्त शपथग्रहणमा उपराष्ट्रपति र सभामुख अनुपस्थित हुनुभएन । उहाँहरूको अनुपस्थितिप्रति आक्रोश व्यक्त गर्दै थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत व्यक्तिगत कुण्ठा र बकबास गरेको बताउँनु भएको छ ।

‘अस्पताल भर्ना भएकाे वा उपस्थित हुन नसक्ने गरी गंभीर स्वास्थ्य समस्यामा रहेकाे अवस्थामा पूर्व जानकारी गराएर बाहेक उपराष्ट्रपति र सभामुखको पदीय जिम्मेवारी एवं कर्तव्य र संविधानबमोजिमकाे उपस्थिति स्वेच्छिक हाेइन र हुनै सक्दैन,’ थापाले फेसबुकमा लेखेका छन्, ‘उपराष्ट्रपति नै राष्ट्रपति भवनमा आयाेजित सपथग्रहण समारोहमा उपस्थित नहुनु र राष्ट्रपतिले संविधानबमोजिम लिनुभएको निर्णयमा व्यक्तिगत कुण्ठा र बकबास गर्दै (पत्रकार महासंघकाे महाधिवेशन उद्घाटनका अवसरको प्रचण्डपथीय मन्तव्य) हिड्नु झन् गैरजिम्मेवारी हाे । अझ नबाेल्ने सम्मानित पदमा बसेर यसढंगले गैरजिम्मेवार बन्न त किमार्थ पनि मिल्दैन ।’

थापाले पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व प्रधानन्यायाधीशहरू, पूर्व उपकुलपति र पूर्व प्रमुख निर्वाचन आयुक्त जस्ता “पूर्वहरू” को बिजोग त यसअघि नै सार्वजनिक हुँदै आएको अधोपतन छँदै थियाे भन्दै बहालवाला उपराष्ट्रपति र सभामुखको यस प्रकारको अनुपस्थिति, बहिष्कार र कर्तव्यच्युत रवैया देख्नेहरूका लागि पो लाजमर्दो भएको समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV