८ फाल्गुन २०७७, शनिबार
  • अविरल बस्नेत

दोलखा, ८ फागुन । लामो समय देखी राजनीति तथा समाजसेवामा सक्रिय रहँदै आएका तरुण दल दोलखाका अध्यक्ष तथा युवा नेता दावासाङ्गे शेर्पाले वृद्धवृद्धा तथा बालबालिकालाई न्यानो कपडा सहयोग गर्नुभएको छ । दावासाङ्गेले भाइ कर्म शेर्पाको सहयोग तथा सल्लाहमा जिल्लाको दुर्गम गाउँ आलम्पुका ७० वर्षमाथीका २४० जना थामी बृद्धबृद्धालाई न्यानो कपडा वितरण गर्नुभएको हो ।

ज्याकेट वितरण गर्दै तरुण दल दोलखाका युवा नेता शेर्पाले दुर्गमका एक सय वर्ष माथिका ९ जना र दुई सय २९ जना ७० वर्ष उमेर नाघेका थामी बृद्धबृद्धामा सानो भएपनि खुसी भर्न पाएको बताए । न्यायो कपडा पाएसँगै बृद्धबृद्धाहरु समेत खुसी भएका थिए । यस्तै, दोलखाको भिमेश्वर नगरपालिकामा रहेको गौरीशंकर बालगृहका परिवार बिहिन ३० जना बालबालिकालाई समेत युवा नेता समेत रहेका समाजसेवी शेर्पा दाजूभाईले न्यानो कपडा वितरण गरेका छन् ।

नेपाली कांग्रेसका पुर्व केन्द्रिय सदस्य एवं सांसद जिपछिरीङ लामाकोहातबाट दावासाङ्गे र कर्मा शेर्पाले बालगृहको रेखदेखमा रहेका दोलखा लगायत सात जिल्लाका ३० जना बालबालिकालाई न्यानो कपडा वितरण गरेका हुन् । तरुण दल दोलखाका अध्यक्ष शेर्पाले एकसरो कपडामा रातदिन कटाउने बालबालिकालाई जाडोमा न्यानो होस् भन्ने उदेश्यले व्यक्तिगत रूपमा न्यानो ट्रयाकसुट वितरण गरेको जानकारी दिए ।

गौरीशंकर बालगृहका अध्यक्ष रामप्रसाद सापकोटाले हाल बालगृहमा दोलखा, सिन्धुपाल्चोक, रामेछाप,ओखलढुंगा,हुम्ला, जुम्ला, कालिकोट लगायतबाट आएका परिवार बिहिन ३० जना बालबालिका गौरीशंकर बालगृहको संरक्षणमा रहेको जानकारी दिनुभयो । शेर्पा दाजुभाईले गरेको न्यानो कपडा सहयोगका लागि अध्यक्ष सापकोटाले धन्यवाद समेत दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV