७ फाल्गुन २०७७, शुक्रबार
  • तारा आचार्य,

विराटनगर, ७ माघ । न्यूज २४ टेलिभिजनको प्रदेश नं. १ को प्रादेशिक ब्यूरो भेला विराटनगरमा सम्पन्न भएको छ ।

प्रदेश १ प्रादेशिक ब्यूरो कार्यालय विराटनगरले शुक्रबार आयोजना गरेको कार्यक्रममा प्रदेश १ को विभिन्न जिल्लामा रहेका टीभी जर्नलिष्टहरुको सहभागिता रहेको थियो ।

सञ्चार जगतमा थपिदो चुनौतीबीच न्यूज २४ टेलिभिजनको उपस्थिति र प्रस्तुतिलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल तथा अन्तरक्रिया केन्द्रित रहेको थियो ।

यस कार्यक्रममा न्यूज २४ का समाचार र कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषयमा प्रशिक्षण दिइएको थियो । सो कार्याक्रममा न्यूज २४ नेपाल डट टीभीका सम्पादक मुकुन्द दाहाल र केन्द्रीय ब्यूरो प्रमुख राजु श्रेष्ठले प्रशिक्षण दिएका थिए ।

छलफल कार्यक्रममा सहभागीहरुले आफ्नाे जिल्लामा भएका विषय बस्तुहरुको बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV