७ फाल्गुन २०७७, शुक्रबार

काठमाडौं, ७ फागुन। शुक्रबार सर्वाेच्च अदालतमा सदाभन्दा अलि फरक दृश्य देखियो । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा अन्तिम बहस जारी रहँदा बहसका क्रममा एमिकस क्युरीका तर्फबाट वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले राय पेश गरेपछि  स्वर-सम्राट नारायणगोपालले गाएका गीतका हरफहरु वाचन गरिन्-

तिमीले भनेका, सारा देव छोएर (२)
म किरिया खान, कहाँ सक्छु र !
यदि मान्छौ भने म, तिम्रै देव भनेर,
म त खाइदिन्छु कसम, आफैलाई भाकेर ।
तिमीले भनेका, सारा देव छोएर…..

बहसका क्रममा यसअघि इजलासमै सायरीहरु समेत सुनिने गरेको भन्दै हाल यो मुद्दासँग स्वर सम्राट नारायण गोपालको गीत पाे सुहाउने अधिवक्ता संग्रौलाकाे धारणा थियाे । उनले साेही सन्दर्भमा उक्त गीतका केही हरफ इजलासमै  सुनाइन् ।

यसरी स्वर सम्राट नारायण गोपालको गीतका हरफहरु सुनाउँदै संग्रौलाले आफ्नो राय पेश गर्ने क्रममा वर्तमान संविधान बिरामी नरहेको र कोमामा पनि नगएको बताइन् । उनले भनिन्, ‘संविधान बिरामी पनि छैन । कोमामा पनि गएको छैन । हामी त्यही संविधानको धारा बोकेर यहाँ आएका छौँ ।’ यसअघिका केही अधिवक्ताले वर्तमान संविधान बिरामी परेकाे भन्दै अलालतलाइ संविधानकाे रक्षा गर्न राय दिएका थिए ।

तर अधिवक्ता संग्राैलाले भने इजलासमा आफ्नो राय पेश गर्ने क्रममा संविधानको धारा अक्सिजन भएको पनि संग्रौलाले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV