६ फाल्गुन २०७७, बिहीबार

एजेन्सी, ६ फागुन । च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा जर्मन क्लब बोरुसिया डर्टमण्डले जित निकालेको छ । गएराति भएको खेलमा डर्टमुण्डले स्पेनिस क्लब सेभियालाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

डर्टमुण्डलाई जित दिलाउनको लागि नर्वेजियन युवा फरवार्ड एर्लिङ ब्राउट हालान्डको दुई गोल गरे । डर्टमुन्डका माहमुद दाहुदको एक गोल थपे । घरेलु मैदानमा सेभियाका सुसो र लुक डि जोङले गोल गरेपनि टोलीको हार टार्न सकेन ।

घरेलु मैदानमा भएको खेलको सातौं मिनेटमा सुसोले गोल गर्दै सेभियालाई अग्रता दिलाएका थिए । महमुदले १९ औं मिनेटमा डर्टमण्डका लागि बराबरी गोल फर्काए ।

२७ औं मिनेटमा हालाण्डले गोल गर्दा डर्टमण्डले २–१ गोलको अग्रता बनाएको थियो । ४३ औं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दै पाहुना टोलीको अग्रता ३–१ बनाए ।

८४ औं मिनेटमा सेभियाका लागि लुक डी जोङले गोल फर्काए पनि डर्टमण्ड ३–२ ले विजयी भयो । दुई टोलीबीचको दोस्रो लेग मार्च ९ मा डर्टमण्डको मैदानमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV