६ फाल्गुन २०७७, बिहीबार

एजेन्सी, ६ फागुन । इंग्लिस प्रिमियर लिगमाको शीर्षस्थानमा रहेको म्यान्चेस्टर सिटीले स्पष्ट १० अंकको अग्रता बनाएको छ ।

बुधबार राति भएको खेलमा एभर्टनलाई ३–१ गोल अन्तरले पराजित गर्दै सिटीले १० अंको अग्रता बनाएको हो ।

सिटीले २४ खेलमा ५६ अंक जोडेको छ । दोस्रो स्थानको युनाइटेडको ४६ अंक छ । एभर्टन ३७ अंक जोडेर सातौं स्थानमा छ ।

एभर्टनको मैदानमा सिटीलाई जित दिलाउन फिल फोडेन, रियाद महरेज र बेर्नार्डो सिल्भाले एक–एक गोल गरे । उता, एभर्टनका रिचार्लिसनले एक गोल फर्काए ।

खेलको ३२औं मिनेटमा सिटीले फिल फोडेनको गोलबाट अग्रता लिएको थियो । ३७औं मिनेटमा रिचार्लीसनले बराबरी गोल फर्काए । दोस्रो हाफमा सिटीले दुई गोल थप्दै जित पक्का गरे ।

६३औं मिनेटमा रियाद महारेजले बर्नाडो सिल्भाको पासमा गोल गर्दै सिटीलाई २–१ ले अघि बढाए ।

७७औं मिनेटमा सिल्भाले गाब्रियल जेससको पासमा गोल गर्दै सिटीलाई ३–१ को सहज जित दिलाए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV