६ फाल्गुन २०७७, बिहीबार

एजेन्सी, ६ फागुन । स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिड लेभान्टेसँग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा एट्लेटिकोले लेभान्टेसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलको १७ औँ मिनेटमा इनिस बार्धीले गोल गर्दै लेभान्टेलाई अग्रता दिलाएक थिए । ३७ औँ मिनेटमा एट्लेटिकोका मार्कोस लोरेन्टेले बराबरी गोल फर्काए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो ।

यो बराबरीसँगै शीर्षस्थानमा रहेको एट्लेटिकोको २२ खेलबाट ५५ अंक पुगेको छ । उसले एक खेल बढी खेलेको रियल म्याड्रिडलाई ६ अंकले पछि पारेको छ । लेभान्टे २८ अंक जोडेर ११औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV