६ फाल्गुन २०७७, बिहीबार

काठमाडौं, ५ फागुन । सरकारले सातामा दुईपटक पेट्रोलियम पदार्थको मूल्य भन्दै अनेरास्ववियूले विरोधको कार्यक्रम गर्ने भएको छ । अनेरास्ववियूले सरकारले जनताको ढाड सेक्ने काम गरेको भन्दै बिहीबार बिहान देशभरका क्याम्पस अगाडि प्रदर्शन गरिरहेकाे छ ।

काठमाडौंको रत्नराज्य क्याम्पस र मित्रपर्कस्थित पशुपति क्याम्पस अगाडि कालोपट्टी बाँधेर र टायर बालेर अनेरास्ववियूले प्रदर्शन गरेको छ । प्रदर्शनमा सहभागीहरुले सरकारविरुद्ध नाराबाजीसमेत गरेका छन् ।

अनेरास्ववियूले दिउँसो बबरमहलस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय अगाडि पनि प्रदर्शनको कार्यक्रम राखेको छ ।

गत माघ २८ गते बुधबार मात्रै नेपाल आयल निगमले बढाएको पेट्रोलियम पदार्थको मूल्य फेरि मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी बढाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको कच्चा तेलको मूल्य बढेर घाटा चुलिएकाले मूल्य समायोजन गर्नुपरेको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV