६ फाल्गुन २०७७, बिहीबार

काठमाडौं, ५ फागुन । नेकपा प्रचण्ड–माधव समूहले भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । बुधबार पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले विज्ञप्ति जारी गर्दै विप्लव देवको भनाईप्रति गम्भीर ध्यानाकषर्ण भएको जनाएका हुन् ।

प्रवक्ता श्रेष्ठद्वारा जारी विज्ञपित्मा भनिएको छ– ‘भारतीय गृहमन्त्री अमित शाहले नेपाल लगायतका देशहरुमा पनि भारतीय जनता पार्टीको संगठन विस्तार गर्ने र सरकार बनाउने धारणा राख्नु भएको अभिव्यक्ति दिनुभएको थियो, हाम्रो पार्टी विप्लव देवको अभिव्यक्तिप्रति गम्भीर आपत्ति प्रकट गर्दै कडा विरोध गर्दछ।’

अत्यन्त संवेदनशील विषयमा गरिएको अभिव्यक्तिले दुई छिमेकी मित्रहरुवीचको सम्बन्धमा भ्रम छर्ने र नकारात्मक असर पुर्‍याउने श्रेष्ठले बताउनुभएकाे छ । यस्ता अभिव्यक्तिको विषयमा भारत सरकार र अमित शाहबाट समेत स्थितिको स्पष्ट पार्ने अपेक्षा लिएको विज्ञप्तिमा उल्लेख छ ।

मुख्मयन्त्री देवले फागुन २ गते नेपाल र श्रीलङ्का भाजपाको समर्थनमा नयाँ सरकार गठन गर्ने तयारी भइरहेको अभिव्यक्ति दिएका थिए ।

उक्त अभिव्यक्तिप्रति यसअघि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले औपचारिक रुपमा ध्यानाकर्षण गराउनुभएकाे थयाे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV